तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न विभागको आग्रह « Khabarhub

तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न विभागको आग्रह


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गरी कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्णपालना गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

यही कात्तिक २५ बाट सुरु भएको र आगामी मङ्सिर ९ गते समापन हुने जनगणनामा केही व्यक्ति तथा संस्थाबाट व्यक्त स्थलगत तथ्याङ्क सङ्कलन कार्यमा संलग्न केही गणकको कामबाट सही तथ्याङ्क प्राप्त गर्न नसकिने भन्ने खालका विचार तथा केही व्यक्ति तथा संस्थाले उत्तरदातालाई आफ्नो संस्थागत निर्णयअनुरूपको उत्तर दिन लिखित वक्तव्य प्रसारण गरिएका विषयमा विभागले ध्यानाकर्षण भएको जनाएको हो ।

जनगणना प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदाय÷सङ्घसंस्था र विषय विज्ञसँग पटकपटक छलफल गरिएको र प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिमरूप दिने कार्य भएको विभागले जनाएको छ ।

प्रश्नावली निर्माणलगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्याससमेत अवलम्बन गरिएको र तथ्याङ्क ऐन २०१५ बमोजिम स्थापित सो विभाग तथ्याङ्क सङ्कलन, प्रशोधन, प्रकाशन, वितरण तथा भण्डारण गर्ने राज्यकै एक स्वतन्त्र निकाय भएकाले यसले कसैको पनि पक्ष वा विपक्षमा काम नगर्ने विभागको भनाइ छ ।

यथार्थभन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णयअनुरूपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले सही तथ्याङ्क सङ्कलन गर्न नसकिने विभागले स्पष्ट पारेको छ । तथ्याङ्क सङ्कलन कार्यका लागि देशैभर करिब चालीस हजार गणक र आठ हजार ५०० सुपरिवेक्षक खटाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ०८ बजे

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा