तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न विभागको आग्रह | Khabarhub Khabarhub

तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न विभागको आग्रह


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गरी कर्मचारीको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्णपालना गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

यही कात्तिक २५ बाट सुरु भएको र आगामी मङ्सिर ९ गते समापन हुने जनगणनामा केही व्यक्ति तथा संस्थाबाट व्यक्त स्थलगत तथ्याङ्क सङ्कलन कार्यमा संलग्न केही गणकको कामबाट सही तथ्याङ्क प्राप्त गर्न नसकिने भन्ने खालका विचार तथा केही व्यक्ति तथा संस्थाले उत्तरदातालाई आफ्नो संस्थागत निर्णयअनुरूपको उत्तर दिन लिखित वक्तव्य प्रसारण गरिएका विषयमा विभागले ध्यानाकर्षण भएको जनाएको हो ।

जनगणना प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदाय÷सङ्घसंस्था र विषय विज्ञसँग पटकपटक छलफल गरिएको र प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिमरूप दिने कार्य भएको विभागले जनाएको छ ।

प्रश्नावली निर्माणलगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्याससमेत अवलम्बन गरिएको र तथ्याङ्क ऐन २०१५ बमोजिम स्थापित सो विभाग तथ्याङ्क सङ्कलन, प्रशोधन, प्रकाशन, वितरण तथा भण्डारण गर्ने राज्यकै एक स्वतन्त्र निकाय भएकाले यसले कसैको पनि पक्ष वा विपक्षमा काम नगर्ने विभागको भनाइ छ ।

यथार्थभन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णयअनुरूपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले सही तथ्याङ्क सङ्कलन गर्न नसकिने विभागले स्पष्ट पारेको छ । तथ्याङ्क सङ्कलन कार्यका लागि देशैभर करिब चालीस हजार गणक र आठ हजार ५०० सुपरिवेक्षक खटाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ०८ बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको