कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी | Khabarhub Khabarhub

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाए भने गुरुङले १९०८ मत पाए । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १९०६ मत पाए । उनी ८ मतले पराजित भएका छन् । चौथो स्थानमा रहेका डा. चन्द्र भण्डारीले १५८० मत पाए ।

झिनो मतान्तरले पराजित भएपछि गच्छदारले मत परिणाम घोषणा गर्न निर्वाचन समितिलाई रोकेकाले औपचारिक घोषणा हुन बाँकी रहेको छ । आफै मतगणना स्थल पार्टी कार्यालयमा उपस्थित हुने आफ्ना प्रतिनिधिलाई गच्छदारले सन्देश पठाएको बुझिएको छ ।

खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् ।

उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए । गुरुङ नेविसंघका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : ४३ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न