कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी « Khabarhub

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाए भने गुरुङले १९०८ मत पाए । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १९०६ मत पाए । उनी ८ मतले पराजित भएका छन् । चौथो स्थानमा रहेका डा. चन्द्र भण्डारीले १५८० मत पाए ।

झिनो मतान्तरले पराजित भएपछि गच्छदारले मत परिणाम घोषणा गर्न निर्वाचन समितिलाई रोकेकाले औपचारिक घोषणा हुन बाँकी रहेको छ । आफै मतगणना स्थल पार्टी कार्यालयमा उपस्थित हुने आफ्ना प्रतिनिधिलाई गच्छदारले सन्देश पठाएको बुझिएको छ ।

खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् ।

उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए । गुरुङ नेविसंघका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : ४३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष