झापामा हतियार प्रहारबाट युवकको हत्या « Khabarhub

झापामा हतियार प्रहारबाट युवकको हत्या


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ ।

दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन्।

हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : २५ बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को