राष्ट्रियसभा निर्वाचन : दल दर्ताको लागि आह्वान « Khabarhub

राष्ट्रियसभा निर्वाचन : दल दर्ताको लागि आह्वान


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ ।

निर्वाचन आयोगले आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न आह्वान गरेको छ। निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिन सकिनेछ।

निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ। रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुनेछ ।

उक्त निर्वाचनमा भाग लिने उम्मेदवारलाई पुस २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ ।

उक्त निर्वाचनका सन्दर्भमा यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित भइसकेको छ । निर्वाचन कार्यतालिका र कार्यक्रमअनुसार आन्तरिक तयारी कार्य तीव्ररुपमा अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुख रहनेछन् । उक्त निर्वाचनका लागि अर्थ मन्त्रालयबाट रु पाँच करोड ९० लाख बजेट आयोगले प्राप्त गरिसकेको छ । निर्वाचनका लागि प्रदेशगतरुपमा १५ कार्यालय स्थापना हुनेछ ।

राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन्।

समाजका प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । आगामी निर्वाचन सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहका सात पदका लागि हुन लागेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट विज्ञका रूपमा मनोनित रामनारायण बिडारीको पदावधि पनि फागुन २० मै समाप्त हुँदैछ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ८ : १३ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल