ओलीलाई प्रचण्डको चुनौती- ‘ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउनुहोस्’ « Khabarhub

ओलीलाई प्रचण्डको चुनौती- ‘ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउनुहोस्’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादी अध्यक्ष प्रचण्डले पाँचबुँदे सहमति गरेको भनेर बुधबार सार्वजनिक कार्यक्रममार्फत आरोप लगाएका थिए ।

सो अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले बिहीबार एक वक्तव्य निकालेरओलीलाई ‘पाँचबुँदे सहमति’प्रमाणित गर्न चुनौती दिएका हुन् ।
सम्झौता प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि टिप्पणी गरेका छन् । उनले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् ।

यस्तै माओवादी अध्यक्ष प्रचणडले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी पनि गरेका छन् । नेपालको सेयर बजारका सन्दर्भमा आफ्नो पार्टी लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको उल्लेख गरेका छन् ।

दलाल पुँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन भन्दै उनले सेयर होल्डरहरुसँग आग्रह समेत गरेका छन्। यसअघि प्रचण्डले सेयरबजारबारे दिएको नबुझेरै अभिव्यक्ति दिएको भन्दै ओलीले टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : ५५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण