बाथ रोगसम्बन्धी ९ दिने स्वास्थ्य शिविर, १७ भन्दा बढी ल्याव जाँच निःशुल्क  « Khabarhub

बाथ रोगसम्बन्धी ९ दिने स्वास्थ्य शिविर, १७ भन्दा बढी ल्याव जाँच निःशुल्क 


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अल्का अस्पताल प्रालिले बाथरोगसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

जावलाखेलस्थित अस्पताल परिसरमा यही पुस ४ देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरणमा गरी ९ दिनसम्म निःशुल्क बाथ रोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।

बाथ रोग सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा जीवन पौडेल र अभिलाषा शाहले हरेक दिन एक सय जना बिरामीहरूलाई जाँच गरिने अस्पताल प्रशासनले जनाएको छ। शिविरमा निःशुल्क औषधि वितरण गरिने अस्पतालले जनाएको छ।

निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटा भन्दा बढी बाथ रोग सम्बन्धी ल्याब जाँच पनि निःशुल्क गर्न लागिएको अस्पतालका सिइओ दीपेन्द्र पोखरेलले जानकारी दिएका छन्।

सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसी लगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने उनले बताए।

हाड जोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनावारी गडबडी, बेला बेलामा गर्भ तुहिने, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुख्ने, शरीरको विभिन्न भागमा रातो तथा निलो दाग भएका, कपाल झर्ने समस्या, मुखमा खटिरा आएका, आँखा रातो भई बेस्सरी दुखेका लगायतले शिविरमा निःशुल्क परिक्षण गराउन सक्ने वरिष्ठ बाथ रोग विशेषज्ञ जीवन पौडेलले बताएका छन्।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ८ : ५० बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग