पार्टी भित्रको बेथिति हटाउने प्रमुख काम हुनेछ : गगन थापा « Khabarhub

पार्टी भित्रको बेथिति हटाउने प्रमुख काम हुनेछ : गगन थापा


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी भित्रको बेतिथि हटाउन आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । महामन्त्रीमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा संक्षिप्त सम्बोधन गर्दै उनले महाधिवेशन व्यवस्थित तरिकाले भए पनि पार्टी सञ्चालनमा बेतिथि रहेको बताए ।

उनले पार्टीलाई विधि र विधानसम्मत सञ्चालन गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले पार्टीमा विधि र विधानबाट नचली व्यक्तिको वर्चस्व कायम गर्ने परम्परा रहेको भन्दै त्यसलाई भत्काइने बताए । उनले कांग्रेस सबैभन्दा व्यवस्थित पार्टी भए पनि आन्तरिक लोकतन्त्रका विषयमा प्रश्न उठ्ने गरेको भन्दै अब प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

थापा अघि सम्बोधनका गरेका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसलाई सबै किसिमका फूलको फूलबारी बनाउने बताए । उनले आफूलाई विभिन्न विचार समूहमा रहेका मतदाताले विजयी गराएको भन्दै मतदाताको मनोविज्ञानअनुसार सबैको पार्टी बनाउन आफ्नो भूमिका रहने बताए । शर्मा प्रकाशमान सिंहको कमजोर प्यालनबाट उम्मेदवार बनेका थिए भने थापा डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए ।

सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलमा रहेका प्रकाशसरण महत र प्रदीप पौडेल दुबै जना पराजित भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ४ : ३५ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।