उपल्लो डोल्पामा हिमपातका कारण खोप कार्यक्रम प्रभावित « Khabarhub

उपल्लो डोल्पामा हिमपातका कारण खोप कार्यक्रम प्रभावित


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन अवस्थामा पुगेको छ ।

उपल्लो डोल्पाका तीन वटा पालिकामा रहेका प्रहरीचौकी ज्यान जोगाउने भन्दै सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो ।

सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । “प्रहरीचौकी रहेका घर रित्ता छन् । प्रहरी सदरमुकाम दुनै आइसकेका छन्”, दुनैका प्रेमा गुरुङले भने । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ ।

जिल्लामा सबैभन्दा बढी चोरी, निकासी तथा पैठारी हुने ठाउँमध्येमा उपल्लो डोल्पा पर्दछ । बहुमूल्य जडीबुटी, जङ्गली जनावर तथा पुराना बुद्धका मूर्ति चोरी हुनेक्रम रोकिएको छैन । प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने पक्का भएको छ । तीन पालिकामा २१ वडा प्रहरीविहीन छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरीचौकी र शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीको प्रहरी उपल्लो डोल्पामा रहेका छन् । अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डोल्पाका प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे–फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरीचौकीका प्रहरी जिल्लामा गाभिएका छन् ।

डोल्पा सबैभन्दा ठूलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरीचौकी उपल्लो डोल्पामै राख्ने सकिने डएिसपी थापाले बताए । “अहिले पनि सहयोग त पाइएको छ, अझै यो भन्दाबढी सहयोगको अपेक्षा हामीले गरेका थियौँ”, उनले भने । उपल्लो डोल्पामा बस्नका लागि अहिलेका समयमा लत्ताकपडादेखि चश्मा, बुट चाहिने गर्दछ जो प्रहरीसँग अहिले छैन उनको भनाइ छ । अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जानसक्ने अवस्था नरहेको उनले बताए ।

हिमपातले रोकियो कोभिड र नियमित खोप

उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोपसमेत रोकिएको छ । मङ्सिरदेखि चैतसम्म खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

त्यस्तै बर्थिङ सेन्टरसमेत बन्द हुँदा यहाँ घरमै सुत्केरी हुने गरेको पाइएको छ । तीन पालिकामा बर्थिङ सेन्टरसमेत नरहेको उनले बताए । सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुने गरेको शाहीले जानकारी दिए । रासस

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ६ : ०० बजे

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्दैन : नेकपा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले राष्ट्रिय सहमति बिना संविधान संशोधनको

अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको इरानको आरोप

एजेन्सी – इरानले संयुक्त राज्य अमेरिकाले गरेको भनिएको पछिल्लो सैन्य आक्रमणको