कोरोना कहर : विदेशमा ३१९ नेपालीको निधन « Khabarhub

कोरोना कहर : विदेशमा ३१९ नेपालीको निधन


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ ।

यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।

ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोप प्रयोग गर्न सकिने भएको छ । उनका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसका विरूद्धमा प्रभावकारी हुने देखाएको हो ।

कूल परीक्षणमध्ये १०.५ मा सङ्क्रमण

नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भए पनि स्वास्थ्य साबधानी आवश्यक रहेको स्वास्थ समितिले जनाएको छ । हाल दैनिक भइरहेको कूल परीक्षण गरेकामध्ये कम्तीमा १०. ५ मा सङ्क्रमण हुने गरेको र जोखिम कम नभएको उल्लेख गरेको छ ।

परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्याङ्क के हो भन्न नसकिने समितिले जनाइएको छ । समितिले मास्क, भौतिक दूरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

आत्महत्या रोकथामसम्बन्धी भर्चुअल कार्यशाला

वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि सङ्घअन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथामसम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म यसकिसिमका तीन कार्याशाला सम्पन्न भइसकेको छ ।

मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रञ्जन थापाले सहभागीलाई प्रशिक्षण दिएका थिए । विशेषतः कार्यक्रममा मध्यपूर्व र मलेसियालगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १२ : २९ बजे

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका

पछिल्लो २४ घण्टामा विपद्का घटनाबाट ४ जनाको मृत्यु, १४ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विपद्का घटनामा परी  ४

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी