शीतलहरबाट रौतहटको जनजीवन थप कष्टकर « Khabarhub

शीतलहरबाट रौतहटको जनजीवन थप कष्टकर


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो । बाक्लो हुस्सुका कारण सवारीसाधनलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।

एक्कासी बाक्लो हुस्सु लागेपछि सवारीसाधन चलाउन चालकलाई समेत समस्या भएको छ । शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिएको गौर अस्पतालका डा कृष्णा साहले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमणसँगै चिसोका कारण निमोनिया र कोल्ड डायरीयाका बिरामीको सङ्ख्या बढन सक्ने हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन, तातो, झोलिलो पदार्थ सेवन गर्न, सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरे ।

बाक्लो हुस्सुका कारण बिहान र रातको समयमा गौर, चन्द्रपुर, कलैया, वीरगञ्ज भित्रिने तथा बाहिरिने सवारीसाधनका चालक तथा यात्रुलाई समस्या भएको छ । बाक्लो हुस्सुका कारण बाटोसमेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बाँच्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकलाई आग्रह गरेको छ ।

साथै चिसोका कारण विद्यालय तथा कलेजको पठनपाठनसमेत प्रभावित भएको छ । कोरोना सङ्क्रमणको कारण झण्डै आठ महिनापछि खुलेका विद्यालय तथा कलेजमा जाडोका कारण विद्यार्थीको सङ्ख्या न्यून रहेको स्थानीय विद्यालय तथा कलेजका प्रधानाध्यापकले जनाएका छन् ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौँको सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलका उडानसमेत बाक्लो हुस्सुका कारण प्रभावित भएका छन् । कुहिरो लागेका कारण पटकपटक गरी बिहानका केही उडान ढिलो हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराका उपप्रबन्धक सुरेन्द्र सिंहले जानकारी दिए ।

जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन केन्द्रले स्थानीय पालिकाको समन्वयमा नगरपालिका र गाउँपालिकाका विभिन्न चोकमा आगो बाल्ने व्यवस्था मिलाएको छ । सत्तरी वर्षभन्दा माथिका विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

जाडो बढेसँगै रौतहट, बारा, पर्साका ग्रामीण क्षेत्रमा चोक गल्लीमा आगो तथा घुर बालेर ताप्नेको सङ्ख्या बढ्दै गएको छ । स्थानीय बासिन्दाले तत्काल दाउराको व्यवस्था गर्न सम्बन्धित पालिका तथा प्रशासनसँग नागरिक समाजका अध्यक्ष जगरनाथ केशरीले आग्रह गरे ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ