नेता पाण्डेले भने– संसद् पुनर्स्थापना गर्न आन्दोलन सशक्त बनाउनुपर्छ « Khabarhub

नेता पाण्डेले भने– संसद् पुनर्स्थापना गर्न आन्दोलन सशक्त बनाउनुपर्छ


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपाको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको दैनिक बेन्च बस्ने भएकाले संसद् पुनर्स्थापना गर्न दबाबका लागि आन्दोलन सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । त्यसका लागि सबैले आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा आइतबार मोरङमा दाहाल-नेपाल समूहका नेता, कार्यकर्तासँगको भेटघाटमा पाण्डेले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम असफल पार्न सबैलाई एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका हुन् ।

उनले भने, ‘संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समेत प्रतिनिधिसभा विघटन गर्न मिल्दैन । त्यसैले सर्वोच्च अदालतको निर्णय पुनर्स्थापना नै हुन्छ तर त्यसका लागि दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको अवस्थामा राजनीतिक अस्थिरताले द्वन्द्व निम्तिनुका साथै मुलुक अँध्यारो सुरुङमा फस्ने पाण्डेको भनाइ थियो ।

दिनरात नभनी आन्दोलनमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए । उनले माघ ९ गतेको काठमाडौंको र माघ १६ गतेको विराटनगरमा हुने विरोधसभामा १/१ लाखभन्दा बढी मानिसको उपस्थिति गराउनतिर लाग्न पनि निर्देशन दिएका छन् ।

अब आन्दोलनमा प्रमुख शत्रुमाथि प्रहार गर्नका लागि बाँकीलाई समेटर अघि बढ्नुपर्ने भन्दै पाण्डेले जनता समाजवादी पार्टी, कांग्रेसलगायतका दलसँग सहकार्य गरेर आन्दोलनलाई सशक्त बनाउन लागि परेको बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : २० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा