‘द भ्वाइस अफ नेपाल सिजन ३’ लाई समय दिन सकिनँ: आस्था राउत « Khabarhub

‘द भ्वाइस अफ नेपाल सिजन ३’ लाई समय दिन सकिनँ: आस्था राउत


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत हप्ता रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का निर्णायकहरु घोषणा गरियो । यसअघिको सिजनमा गायिका आस्था राउत निर्णायकका रुपमा थिइन् ।

सिजन ३ मा भने उनको सट्टा तृष्णा गुरुङलाई निर्णायक बनाइएको छ । गायिका राउत विवादमा आएका कारण उनलाई हटाइएको आँकलन गरिएको छ ।

गतवर्षको ‘द भ्वाइस अफ नेपाल’ मा आस्थाको निर्णायक भूमिकालाई रुचाइएको थियो । यसपटक भने टिमले आस्थालाई शोमा निर्णायक बनाएको छैन ।

पुरुष निर्णायकहरु दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल भने यथावत् नै छन् ।

यता गायिका राउतले भने द भ्वाइस अफ नेपालको सिजन ३ मा आफूले समय दिन नपाएकाले छाड्नुपरेको बताएकी छिन् । अरु सिजनमा भने आफू जोडिन सक्ने पनि उनले स्पष्ट पारेकी छिन् ।

खबरहबसँगको कुराकानीमा गायिका राउतले भनिन् – द भ्वाइस अफ नेपालका लागि समय दिन नसकेको चाहिँ हो । केही समय म व्यस्त बनेँ । कार्यक्रममा सिलसिलामा व्यस्तता झनै बढ्यो ।

उनी कार्यक्रमका लागि काठमाडौंबाहिर जान लागेको पनि बताइन् । स्टेज कार्यक्रम र नयाँ गीतको तयारीमा लागेको कारण आफूले ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का लागि समय दिन नसकेको उनले बताइन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : ५६ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले