‘द भ्वाइस अफ नेपाल सिजन ३’ लाई समय दिन सकिनँ: आस्था राउत « Khabarhub

‘द भ्वाइस अफ नेपाल सिजन ३’ लाई समय दिन सकिनँ: आस्था राउत


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत हप्ता रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का निर्णायकहरु घोषणा गरियो । यसअघिको सिजनमा गायिका आस्था राउत निर्णायकका रुपमा थिइन् ।

सिजन ३ मा भने उनको सट्टा तृष्णा गुरुङलाई निर्णायक बनाइएको छ । गायिका राउत विवादमा आएका कारण उनलाई हटाइएको आँकलन गरिएको छ ।

गतवर्षको ‘द भ्वाइस अफ नेपाल’ मा आस्थाको निर्णायक भूमिकालाई रुचाइएको थियो । यसपटक भने टिमले आस्थालाई शोमा निर्णायक बनाएको छैन ।

पुरुष निर्णायकहरु दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल भने यथावत् नै छन् ।

यता गायिका राउतले भने द भ्वाइस अफ नेपालको सिजन ३ मा आफूले समय दिन नपाएकाले छाड्नुपरेको बताएकी छिन् । अरु सिजनमा भने आफू जोडिन सक्ने पनि उनले स्पष्ट पारेकी छिन् ।

खबरहबसँगको कुराकानीमा गायिका राउतले भनिन् – द भ्वाइस अफ नेपालका लागि समय दिन नसकेको चाहिँ हो । केही समय म व्यस्त बनेँ । कार्यक्रममा सिलसिलामा व्यस्तता झनै बढ्यो ।

उनी कार्यक्रमका लागि काठमाडौंबाहिर जान लागेको पनि बताइन् । स्टेज कार्यक्रम र नयाँ गीतको तयारीमा लागेको कारण आफूले ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का लागि समय दिन नसकेको उनले बताइन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : ५६ बजे

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको