फागुन १३ बाट फ्लोरमा विपिन र नम्रताको ‘प्रसाद २’ « Khabarhub

फागुन १३ बाट फ्लोरमा विपिन र नम्रताको ‘प्रसाद २’


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०७५ को सफल फिल्म ‘प्रसाद’ को प्रिक्वेल/सिक्वेल ‘प्रसाद २’ को फागुन १३ गतेदेखि छायांकन थालिने भएको छ ।

सौरभ चौधरीले निर्देशन गर्ने यो फिल्ममा ‘प्रसाद’ को स्किृप्ट अन्तिम चरणमा पुगेको निर्माता सुभाष थापाले जानकारी दिए ।

खबरहबसँगको कुराकानीमा थापाले भने – फिल्मको फाइनल स्क्रिप्टमा काम भइरहेको छ । अब केही दिनमा स्क्रिप्ट लक गर्छौं ।

यसको कथा पत्रकार तथा लेखक सुशील पौडेलले लेखिरहेका छन् । उनले नै ‘प्रसाद’ को स्क्रिप्ट तयार पारेका थिए । सामाजिक कथा बोकेको यो फिल्म बाग्लुङमा छायांकन गरिने भएको छ ।

फिल्ममा निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहनेछ । ‘प्रसाद’ ले समीक्षकको तारिफ बटुलेको थियो भने मल्टिप्लेक्समा राम्रो कमाइ गरेको थियो । यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका थिए ।

‘प्रसाद २’ मा भने निर्देशक फेरिएका छन् । दिनेश राउत अर्को प्रोजेक्टमा व्यस्त भएकाले निर्देशकमा सौरभ चौधरीलाई लिइएको निर्माण टिमले जनाएको छ ।

फिल्मलाई सिक्वेल र प्रिक्वेल दुवै भनिएको छ । अर्थात्, ‘प्रसाद’ मा देखाइएको कथाको अघि र पछि दुवै भागलाई फिल्ममा देख्न सकिनेछ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : १५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर