चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श « Khabarhub

चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको चुनावका विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आइतबार विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको हो ।

आयोगले मतदान केन्द्र पुनरावलोकन कार्यक्रमका बारेमा जानकारी गराइ उनीहरुको राय परामर्श समेत लिएको जानकारी दिएको छ ।

आयोगले राजनीतिक दलसँग चुनावको कार्यक्रममा सहभागी भइदिन तथा आमनागरिकलाई सहभागी हुनका लागि राजनीतिक दलका तर्फबाट सबैलाई सुसूचित गराउन तथा चुनाव सम्पन्न गर्नका लागि सहयोग समन्वय र सहजीकरण गरिदन अनुरोध गरेको हो ।

आयोगले माघ १५ गते सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन गर्ने समेन जानकारी दिएको छ ।

मतदाता नामावली अध्यावधिक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सञ्चालन गर्ने र १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी गराएको हो । सोही समयमा नामावली सच्याउन सकिने आयोगले जनाएको छ । यस्तै मतदान केन्द्र र तयारी बारेमा छलफल भएको थियो ।

छलफलमा सहभागी नेकपा प्रचण्ड–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटी सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको जानकारी दिए ।

त्यस्तै उनले संसद विघटनको विषय सर्वोच्चमा रहको अवस्थामा चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताए ।

त्यस्तै कांग्रेस नेता आनन्द ढुङ्गानाले मतदान केन्द्रमा केन्द्रीत रहेको आयोगले सुझाव मागेको जानकारी दिए । उनले आयोगले निर्वाचनको तयारीको काम सहज रुपमा गर्न पाउनुपर्ने आफूहरुको धारणा रहेको बताए ।

छलफलपछि आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको तयारीका बारेमा जानकारी गराई राय सुझाव लिने काम गरेको बताए ।

सरकारले संसद विघटन गरी आउँदो वैशाख १७ र १७ गते चुनावको घोषणा गरेको छ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ४१ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता