संवैधानिक इजलासले संविधानसभाका अभिलेख झिकाउनुपर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीको माग « Khabarhub

संवैधानिक इजलासले संविधानसभाका अभिलेख झिकाउनुपर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीको माग


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहसको शुरुमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानसभामा भएका छलफलहरु र त्यहाँ भएका सहमतिहरुको सम्पूर्ण अभिलेख संवैधानिक इजलासले झिकाउनुपर्ने माग गरेका छन् ।

उनले प्रधिनिसभा विघटनका सम्बन्धमा संविधानसभामा भएका बहसहरु, तयार पारिएका अवधारण पत्र र सहमतिहरु यो संविधानको विघटन सम्बन्धी धारको व्याख्याका आधिकारिक स्रोत सामग्री भएको बताउँदै संवैधानिक इजलासले सो सामग्रीहरु झिकाउनुपर्ने बताएका हुन ।

‘संविधान निर्माताहरुको प्रतिनिधिसभा विघिटनको सम्बन्धमा के राय थियो ? त्यहाँ के बहस र छलफल भएको थियो ?  के सहमति कायम भएको थियो ? यो कुरा अत्यन्त महत्वपूर्ण छ ।’, खबरहबसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘संविधानको व्याख्या भनेको संविधान निर्माताको मनसाय के थियो भन्ने कुरा अवाश्यक हुन्छ ।’

उनले भारत र दक्षिण अफ्रिका लगायतका देशहरुकाे दृष्टान्त दिँदै त्यहाँ संविधानसभाले संविधिान बनाएको बताउँदै संविधानको व्याख्याको दौरानमा सो सम्बन्धमा संविधान निर्माताको के विचार थियो भन्ने कुरालाई महत्वपूर्ण स्रोत सामग्रीको रुपमा लिइने गरेको बताए ।

तसर्थ यस सम्बन्धमा पनि संविधानसभामा भएका अभिलेख झिकाउन आदेश जरुरी रहेको उनले तर्क गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका निवेदनको सुनुवाइमा आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन तयार रहेको बताएका थिए ।

आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले प्रतिनिधिसभा विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए ।

बहसमा भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिएका थिए। उनीहरुले ‘संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै निवेदकको मागअनुसार पुनर्स्थापनाको फैसला गरिपाऊँ’ भनी माग गरेका थिए।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ९ : ०५ बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब