पारिवारिक रिसइवीका कारण किशोरी भागरथीको हत्या भएको अभियुक्तको बयान « Khabarhub

पारिवारिक रिसइवीका कारण किशोरी भागरथीको हत्या भएको अभियुक्तको बयान


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकले बलात्कार नगरेको बयान दिएका छन् ।

घटनाको १३औँ दिनमा पक्राउ परेका  दोगडाकेदार गाउँपालिका ७ का दिनेश भट्टले आफूले हत्या गरे पनि बलात्कार भने नगरेको बताएको प्रहरीले स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेका थिए । उक्त दिन ती युवक विद्यालयबाट चाँडै निस्किएका थिए ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–११ मा दिनेश भागरथीको हत्याकै लागि २ बजेर ३० मिनेटमा विद्यालयबाट निस्किएको अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले जनाए ।

उनी विद्यालयबाट निस्केर माघ २१ गते नातामा दिदीसमेत पर्ने भागरथीको हत्याका लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरी स्रोतले दिनेशको भनाइ उद्धृत गर्‍यो, ‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पछाडिबाट धकेलेँ । उनी लडेर बेहोस भएपछि घाँटी थिचेर मारेँ, त्यसपछि मोबाइलको ब्याट्री निकालेर फ्याकेँ ।’

फूपूसँगको इबीले भागरथीको हत्या गरेको दिनेशले बताएका छन् । तर के रिसबी थियो भन्नेबारे केही खुलाइएको छैन ।

अभियुक्त दिनेशलाई आजै प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।

कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।

१७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया