पारिवारिक रिसइवीका कारण किशोरी भागरथीको हत्या भएको अभियुक्तको बयान | Khabarhub Khabarhub

पारिवारिक रिसइवीका कारण किशोरी भागरथीको हत्या भएको अभियुक्तको बयान


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका युवकले बलात्कार नगरेको बयान दिएका छन् ।

घटनाको १३औँ दिनमा पक्राउ परेका  दोगडाकेदार गाउँपालिका ७ का दिनेश भट्टले आफूले हत्या गरे पनि बलात्कार भने नगरेको बताएको प्रहरीले स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेका थिए । उक्त दिन ती युवक विद्यालयबाट चाँडै निस्किएका थिए ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–११ मा दिनेश भागरथीको हत्याकै लागि २ बजेर ३० मिनेटमा विद्यालयबाट निस्किएको अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले जनाए ।

उनी विद्यालयबाट निस्केर माघ २१ गते नातामा दिदीसमेत पर्ने भागरथीको हत्याका लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरी स्रोतले दिनेशको भनाइ उद्धृत गर्‍यो, ‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पछाडिबाट धकेलेँ । उनी लडेर बेहोस भएपछि घाँटी थिचेर मारेँ, त्यसपछि मोबाइलको ब्याट्री निकालेर फ्याकेँ ।’

फूपूसँगको इबीले भागरथीको हत्या गरेको दिनेशले बताएका छन् । तर के रिसबी थियो भन्नेबारे केही खुलाइएको छैन ।

अभियुक्त दिनेशलाई आजै प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।

कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।

१७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी गरेको थियो । त्यसको भोलिपल्ट साँझ उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ३८ बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा