क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी « Khabarhub

क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचीमा रियलमी


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ ।

स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५उत्कृष्ट स्मार्टफोन २०२०’को सूचीमा रियलमी पनि परेको हो ।

चौथों त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो ।

उक्त रिपोर्टले दक्षिण पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौँथो स्मार्टफोन रियलमी रहेको देखाएको छ । फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा सतप्रतिशतले वृद्धि भएको देखिन्छ ।

समग्र मोबाइलफोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ । रियलमी ग्रिस, चेक रिपब्लिक र रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको छ ।

रिपोर्ट अनुसार २०२० को चौंथो त्रैमासिकमा रसियामा त यस फोनको बिक्री ३३८ प्रतिशतले बढेको देखिन्छ ।

‘चुनौतीदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो । यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन् ।

हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखि नवीनतम् डिजाइन, सफ्टवेयर र हार्डवेयर बीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिवद्धता गर्दछौँ,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘स्काई ली’ले बताए ।

क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनोरिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचीमा रियलमी सूचीकृत भएको छ । यससँगैँ दक्षिणपूर्वी क्षेत्रमापनि रियलमीले व्यापक रुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : २६ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा