सात वर्षपछि फिल्ममा जया बच्चन « Khabarhub

सात वर्षपछि फिल्ममा जया बच्चन


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री जया बच्चन बलिउडका लागि कुनै नौलो नाम होइन । फिल्म उद्योगमा उनले लामो समय बिताइसकेकी छन् । यो समयमा उनले कैयौं हिट फिल्म दिएकी छन् ।

यिनै जया ७ वर्षपछि ठूलो पर्दामा फर्किदैछिन् । उनको यो फर्काइ हिन्दी फिल्मका लागि नभई मराठी फिल्मका लागि हुनेछ । उनी पहिलो पटक कुनै मराठी प्रोजेक्टमा काम गर्न लागेकी हुन् ।

फिल्मको निर्देशन गजेन्द्र अहीरेले गर्दैछन् । उनले यसअघि ‘शेवरी’, ‘अनुमती’ जस्ता करिब ५० फिल्मको निर्देशन गरिसकेका छन् । मराठी फिल्मका लागि जयाले २० दिनमा सुटिङ पुरा गर्नेछिन् ।

अभिनेता अमिताभ बच्चनसँग सन् १९७३ मा विवाह गरेपछि जया फिल्मी माहौलबाट करिब करिब टाढा भइसकेकी थिइन् । विवाहपछि उनले ‘सिलसिला’, ‘कभी खुशी कभी गम’, ‘लागा चुनरी में दाग’ र ‘कल हो ना हो’ जस्ता फिल्ममा अभिनय गरिन् ।

उनले पछिल्लो पटक सन् २०१२ मा रिलिज ऋतुपर्णो घोषको फिल्म ‘सनग्लास’मा अभिनय गरेकी थिइन् । नसीरुद्दीन शाहको समेत अभिनय रहेको यो फिल्म कहिल्यै रिलिज हुन सकेन ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ५० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले