सात वर्षपछि फिल्ममा जया बच्चन « Khabarhub

सात वर्षपछि फिल्ममा जया बच्चन


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री जया बच्चन बलिउडका लागि कुनै नौलो नाम होइन । फिल्म उद्योगमा उनले लामो समय बिताइसकेकी छन् । यो समयमा उनले कैयौं हिट फिल्म दिएकी छन् ।

यिनै जया ७ वर्षपछि ठूलो पर्दामा फर्किदैछिन् । उनको यो फर्काइ हिन्दी फिल्मका लागि नभई मराठी फिल्मका लागि हुनेछ । उनी पहिलो पटक कुनै मराठी प्रोजेक्टमा काम गर्न लागेकी हुन् ।

फिल्मको निर्देशन गजेन्द्र अहीरेले गर्दैछन् । उनले यसअघि ‘शेवरी’, ‘अनुमती’ जस्ता करिब ५० फिल्मको निर्देशन गरिसकेका छन् । मराठी फिल्मका लागि जयाले २० दिनमा सुटिङ पुरा गर्नेछिन् ।

अभिनेता अमिताभ बच्चनसँग सन् १९७३ मा विवाह गरेपछि जया फिल्मी माहौलबाट करिब करिब टाढा भइसकेकी थिइन् । विवाहपछि उनले ‘सिलसिला’, ‘कभी खुशी कभी गम’, ‘लागा चुनरी में दाग’ र ‘कल हो ना हो’ जस्ता फिल्ममा अभिनय गरिन् ।

उनले पछिल्लो पटक सन् २०१२ मा रिलिज ऋतुपर्णो घोषको फिल्म ‘सनग्लास’मा अभिनय गरेकी थिइन् । नसीरुद्दीन शाहको समेत अभिनय रहेको यो फिल्म कहिल्यै रिलिज हुन सकेन ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १ : ५० बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र