देशमा वैदेशिक हस्तक्षेप बढ्न थाल्यो : नारायणकाजी श्रेष्ठ « Khabarhub

देशमा वैदेशिक हस्तक्षेप बढ्न थाल्यो : नारायणकाजी श्रेष्ठ


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रदै गरेको र विदेशी शक्तिहरु आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको बताएका हुन् ।

‘संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ,’ उनले लेखेका छन्, ‘सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनका आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ ।’

‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् ।’

उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सबै देशभक्त शक्तिहरुलाई एक हुन आव्हान पनि गरेका छन् ।

केही दिनअघि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई सच्याउन अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको थियो । तर, आफ्नै समूहले विदेशी शक्तिलाई गुहारी रहेको अवस्थामा प्रवक्ता श्रेष्ठको पछिल्लो धारणालाई लिएर आलोचना गरिएको छ ।

उनको स्टाटसमा कमेन्ट गर्नेहरुले आलोचना गर्दै विदेशी शक्तिको हस्तक्षेप बढ्नुमा श्रेष्ठ स्वयम्‌को पनि ठूलो हात रहेको आरोप लगाएका छन् ।

देश गँभीर संकटबाट गुज्रदैछ।संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन ,पुन: वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ…

Posted by Narayan Kaji Shrestha on Tuesday, February 16, 2021

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : १२ बजे

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले