प्रहरीले सार्वजनिक गर्‍यो भागरथी हत्याका अभियुक्त « Khabarhub

प्रहरीले सार्वजनिक गर्‍यो भागरथी हत्याका अभियुक्त


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो ।

प्रहरीले सार्वजनिक गरेका अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् ।

घटना भएको केही दिनमा नै ‘क्लोज रिङ’ मा राखेर अनुसन्धान गरेको प्रहरीले अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाई लगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि गरेको हो । अभियुक्तले भागरथीसँग बदला लिनको लागि उनको हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका थिए ।

No description available.

हत्या आरोप स्वीकारे : प्रहरी

हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए ।

दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए। हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

उनले भने, ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : ३६ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर