महिला पुरोहितले गराईन् दियाको विवाह « Khabarhub

महिला पुरोहितले गराईन् दियाको विवाह


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री दिया मिर्जाले हालैमात्र वैभव रेखीसँग विवाह गरिन् । यो विवाह मुम्बईस्थित अभिनेत्रीको घरमा नै भएको थियो । जहाँ केही नजिकका आफन्त मात्र उपस्थित थिए ।

अभिनेत्री दिया बलिउडमा महिलावादको कुरा गर्न रुचाउछिन् । त्यहीकारण उनी जहिल्यै महिला हकको पक्षमा उभिन्छिन् । आफ्नो विवाहमा पनि उनले त्यही कार्यलाई निरन्तरता दिइन् ।

अक्सर विवाहमा पुरुष पुरोहितले कर्मकाण्ड गरिरहँदा उनले भने महिला पुरोहित शिला अट्टालाई कर्मकाण्डमा सहभागी गराइन् । उनले विवाहका केही तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । महिला पण्डितसहितको तस्वीरले निकै तारिफ पाइरहेको छ ।

‘शिला अट्टा हाम्रो विवाह गराइदिनुभएकोमा तपाईंलाई धन्यवाद । मलाई गर्व छ कि हामीले मिलेर पुस्ता समानतालाई अगाडि बढायौं’, दियाले ट्वीट गरेकी छन् ।

दियाले साधारण तरिकाले वैभवसँग दोस्रो विवाह गरेकी हुन् । निकै साधारण शैलीमा विवाह गरेकी दियाले विवाहमा रातो रंगको बनारसी साडी लगाएकी थिइन् । उनको शरीरमा साधारण किसिमका गहना मात्र थिए ।
–एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : १५ बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र