विद्यार्थीले एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने | Khabarhub Khabarhub

विद्यार्थीले एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब पाँच विश्वविद्यालयका विद्यार्थीहरुले करिब एक करोड बराबरको परियोजनाको मुल्याङ्कन गर्न पाउने भएका छन् ।

एक करोड भन्दा माथिको परियोजनामा प्राध्यापक र एक करोड बराबरको परियोजनाको मुल्याङ्कन विद्यार्थीले गर्न पाउँने गरी विश्वविद्यालय र समाज कल्याण परिषद्बीच सम्झौता भएको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए ।

परिषद्ले प्रधानमन्त्री निवास बालुवाटारमा सम्झौता गरेको हो । पत्रमा परिषद्का तर्फबाट सदस्य सचिव पुष्कर खाती र विश्वविद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

सम्झौता भएका विश्वविद्यालयमा कम्तिमा स्नातोत्तर पढिरहेका विद्यार्थीहरुलाई परियोजनाको मुल्याङकन गर्न दिइने उनले बताए ।

परिषद्ले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल विद्यालय, पूवाञ्चल विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग परियोजना मुल्याङ्कनको लागि सम्झौता गरेको छ ।

अनुसन्धानमा दुवै पक्षलाई सहयोग मिल्ने उद्देश्यले सम्झौता गरिएको उनले जानकारी दिए ।

पहिलो चरणमा पाँच वटा विश्वविद्यालयसँग सम्झौता गरेर काम गर्ने योजना बनाए पनि आगामी वर्षहरुमा सबै विश्वविद्यालयलाई समेटेर लैजाने भट्टराईले बताए । चालु आर्थिक वर्षमा करिब ८ सय परियोजना मुल्याङ्कन गर्नुपर्ने रहेको उनले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ३ : ३६ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार