उपभोक्ता ठगीको आरोपमा पर्सा र बाराका चार उद्योगविरुद्ध मुद्दा « Khabarhub

उपभोक्ता ठगीको आरोपमा पर्सा र बाराका चार उद्योगविरुद्ध मुद्दा


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले जानकारी दिए ।

ती उद्योगको उत्पादन गर्ने वस्तुको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएकाले ती उद्योगलाई हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको प्रमुख राउतले बताए ।

अहिले कार्यालयमा नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा रहेको छ । ती मुद्दाअन्तर्गत तेल, घ्यू र मसलाजन्य पदार्थको मुद्दा बढी रहेको छ । कार्यालयले बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ वटा र दाना नमूना १० वटा सङ्कलन गरी परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाएको छ ।

यसैगरी कार्यालयले खाद्य उत्पादन गर्ने उद्योग तथा दाना उत्पादन गर्ने करीब एक सय उद्योगमा स्थलगत निरीक्षण गरेको छ । पर्सा र बारामा रहेका दूध, तेल, मसला र डेरीजन्य उद्योगमा बढी मिसावट देखिएकाले ती उद्योगमाथि निगरानी बढाएको प्राप्त समाचारमा जनाइएको छ ।

सो कार्यालयले हालसम्म आठपटक संयुक्त अनुगमन तथा १२० पटक एकल अनुगमन गरेको छ । पर्सा र बारामा १२ वटाभन्दा बढी डेरी उद्योग रहेको र ती उद्योगले पाउडर मिसाएर दूध बनाउने गरेको, नक्कली घ्यू उत्पादन गर्ने जानकारी आएकाले ती उद्योगमा निगरानी बढाएको छ ।

करीब २० वटा पानी उद्योग रहेको र तीमध्ये अधिकांश उद्योग नेपाल सरकारको मापदण्डविपरीत सञ्चालनमा रहेको बताइएको छ । उद्योगी पmरार रहेकाले कार्यालयसँग भएको पुराना मुद्दा टुङ्गिन नसकेको हो । पर्सा र बारा दुई जिल्ला हेर्ने सो कार्यालयमा एक कार्यालय प्रमुखसहित दुई कर्मचारी मात्र भएको र सवारी साधनको अभावमा नियमित रुपमा अनुगमन हुन नसकेकाले प्राविधिक काम प्रभावित भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : ५९ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको