भागरथी हत्याको आरोपी सार्वजनिक गरेपनि परिवारले बुझ्न मानेनन् शव (भिडियोसहित) « Khabarhub

भागरथी हत्याको आरोपी सार्वजनिक गरेपनि परिवारले बुझ्न मानेनन् शव (भिडियोसहित)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको  हत्या आरोपीलाई सार्वजनिक गरेपनि परिवाले अझै शव बुझ्न मानेका छैनन् । उनको शव अस्पतालमै रहेको छ ।

प्रहरीले आरोपीलाई सार्वजनिक गरेपनि पीडित परिवारले ऊ एक्लैले हत्या गरेको भन्नेमा शंका व्यक्त गरेको छ ।

भागरथीका आफन्त शिवराज भट्टले प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि उसले नै हत्या गरेको हो भन्ने तथ्य पुष्टि नभएको बताए ।

उनले भने, ‘प्रहरी एक युवकलाई सार्वजनिक गरेको छ, तर उसैले नै हत्या गरेको हो भन्ने अहिले नै विश्वासयोग्यो प्रमाण केही छैन, कसरी पत्याउने ?’

उनले तथ्य पुष्टि नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो।

अहिले भागरथीका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएर घटनास्थल पुगेर भागरथीलाई मार्ने उद्देश्यले कुरेर बसेको देखिएको छ ।

हेरौँ भिडियो

भट्टलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखिएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

मृतक भागरथीका घाटीमा दवाए जस्तो डाम रहेको, खुट्टाको औलामा घाउ रहेको अवस्थामा फेला परेको उनले बताए । आरोपीतले बलात्कार भने नगरेको बयान दिए पनि पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो ।

आरोपी र भट्टको भजाइनल स्वाबको डीएनए जाँचको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत माघ २२ गते बैतडीकी सनातन धर्म माध्यमिक विद्यालय, श्रीकोटमा अध्ययनरत भट्टको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयकै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरी नायब उपरीक्षकको टोली पनि खटिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ७ : ४७ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही