‘कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनरुत्थान प्राथमिकतामा’ (भिडियोसहित) « Khabarhub

‘कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनरुत्थान प्राथमिकतामा’ (भिडियोसहित)


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव न्युनीकरण गर्न आर्थिक पुनःउत्थानलाई प्राथमिकतामा राखेको बताएका छन् ।

आन्तरिक राजस्व विभाग र नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी अन्तर कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले यस्तो बताएका हुन ।

पुडासैनीले वत्तीय नीतिबाट कर छुट र मौद्रिक नीतिबाट व्याजमा सहुलियत, पुनःकर्जा र सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको जानकारी दिए ।

आर्थिक उत्थानका लागि मन्त्रालयले नीति क्षेत्रलाई धेरै कुरामा सहुलियतको व्यवस्था गरिएको उनले बताए ।

उनले कर प्रणालीको सुदृढिकरण र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि नीजि क्षेत्रसंगको छलफल र सुझाव अपरिहार्य रहेको धारणा राखे ।

त्यस्तै उनले राजस्वको संरचना परिवर्तन गरेपछि भन्सार कर घट्दै गएको र आयकरको दाायरा बढ्दै गएको भन्दै आफ्नो करको निर्धारण आफै गर्ने व्यवस्था पनि प्रभावकारी भएको जिकिर गरे ।

कोरोना महामारीकाबीच नीजि क्षेत्रले नेपालको आपूर्ति प्रणाली र राजस्वमा गरेको योगदान सकारात्मक रहेको भन्दै उनले सबै प्रकारका आर्थिक गतिविधीमा नीजि क्षेत्रलाई सहभागी गराउने नीति रहेको जानकारी दिए ।

हेरौँ भिडियो

त्यस्तै चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले करलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने सुझाव दिए । उनले कर प्रणालीमा देखिएका प्राविधिक समस्यालाई पनि मन्त्रालयले समाधान गर्नुपर्ने धारणा राखे

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधालाई सहज बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ५५ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन