एट्लान्टालाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

एट्लान्टालाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिग अन्तर्गत दोस्रो लेगमा मंगलबार रातिको खेलमा रियलले इटालियन क्लब एटलान्टालाई ३–१ ले हरायो ।

पछिल्लो जितसँगै रियल समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियल १–० को जित निकालेको थियो ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरे ।

एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ४० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको