मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ « Khabarhub

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

रिसोर्टबाट पीडित पाँच जनालाई उद्धार गरिएको बताइएको छ । प्रनाउ विष्टका अनुसार चौधरीले पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ०५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,