नवलपुरमा जनगणना कार्यालय स्थापना « Khabarhub

नवलपुरमा जनगणना कार्यालय स्थापना


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ शुरु गर्न लागेकोले देशैभर जनगणना कार्यालयहरु स्थापना गर्ने क्रम शुरु भएको हो ।

यसअघिबाटै जनगणनाका आन्तरिक कार्यहरु भइरहेको भए पनि जिल्लामा कार्यालय स्थापना गरी मंगलबारबाट औपचारिक रुपमा कार्य शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागका अधिकृत तथा नवलपुरका जनगणना अधिकारी जितेन्द्र रानाभाटले बताए ।

जिल्ला कार्यालय स्थापना गरिएसँगै गणकहरु नियुक्त गर्ने प्रक्रिया पनि शुरु गरिने उनले बताए । यहि चैत ५ गतेदेखि चैत ११ गतेसम्म गणक तथा सुपरिवेक्षक पदमा आवेदन दिन सकिने रानाभाटले बताए । उनकाअनुसार कर्मचारी नियुक्तीमा स्थानीय र महिलालाई विषेश प्राथमिकता दिइने छ । नवलपरासी पूर्वी जिल्लाका लागि ४ सय ७२ जना गणक र १०४ जना सुरपरिवेक्षकको माग रहेको छ ।

२०७८ बैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरुबाट घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि असार ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मुल गणनाको काम हुने र असार ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले जानकारी दिए ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने जनाइएको छ । नेपालमा हरेक दश/दश वर्षमा जनगणना गरिँदै आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : १४ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर