मिथिला माध्यमिकी परिक्रमा मेलाको अवसरमा आज सार्वजनिक बिदा « Khabarhub

मिथिला माध्यमिकी परिक्रमा मेलाको अवसरमा आज सार्वजनिक बिदा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) को अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज (बुधबार) परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौं दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ ।

मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

हजारौं नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले बताए ।

गत शनिबार फागुन औंशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो । अब आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौं दिन मडै, सातौं दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ९ : ५९ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले