‘जेम्स बोण्ड’ भिलेन याफतको निधन « Khabarhub

‘जेम्स बोण्ड’ भिलेन याफतको निधन


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउडका प्रख्यात अभिनेता याफत कोत्तोको ८१ वर्षको उमेरमा निधन भएको छ । उनले सन् १९७३ मा ‘जेम्स बोण्ड’ फिल्म ‘लाइभ एण्ड लेट डाई’मा भिलेनको चरित्र निभाएका थिए ।

उनले कोट्ट भी रिडले स्कटको १९७९ को हिट फिल्म ‘एलियन’ र ८० को दशकमा ‘द रनिंग मेन’ र ‘मिडनाइट रन’ जस्ता फिल्ममा अभिनय गरिसकेका थिए ।

एबीपी लाइभमा प्रकाशित समाचार अनुसार उनले सन् १९७७ मा आफ्नो फिल्म ‘रेड अन एन्टेबे’मा यूगाण्डाका पूर्व राष्ट्रपति इदी अमीनको भूमिकामा अभिनय गर्दै एमी अवार्डको मनोनयनमा परेका थिए ।

उनले कैयौं टेलिभिजन शोमा पनि काम गरेका थिए । उनको अभिनय करियर चार दशकभन्दा लामो चल्यो ।

याफतको निधनबारे उनकी पत्नी सिनाहोन थेसाले फेसबुकमार्फत जानकारी दिएकी छन् । ‘म आफ्नो पति याफतको निधनले दुःखी र स्तब्ध छु । मेरो लागि यो धेरै दर्दनाक क्षण हो कि म आफ्नो पतिका सबै प्रशंसक, साथी तथा परिवारलाई उनको निधनको बारे समाचार सुनाइरहेको छु’, उनले लेखेकी छन् ।

पतिले केही फिल्ममा खलनायकको चरित्र निभाए पनि आफ्ना लागि उनी एक असल नायक भएको सिनाहोनले उल्लेख गरेकी छन् ।

उनको निधनको कारण के हो भन्ने कुरा अझै खुल्न सकेको छैन । यी अभिनेताले तीन विवाह गरेका थिए र उनका ६ सन्तान छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : २० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट