‘गली ब्वाइ’ का सिद्धान्तलाई कोरोना संक्रमण « Khabarhub

‘गली ब्वाइ’ का सिद्धान्तलाई कोरोना संक्रमण


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कोरोना संक्रमणको लहर दिनानुदिन बढ्दो छ । अभिनेता रणवीर कपूर, निर्देशक सञ्जय लीला भन्साली र अभिनेता मनोज वाजपेयीपछि अब यो सूचीमा अभिनेता सिद्धान्त चतुर्वेदी पनि जोडिएका छन् ।

एबीपी लाइभमा प्रकाशित समाचार अनुसार फिल्म ‘गली ब्वाइ’का यी अभिनेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गरेका छन् । ‘अहिले त कोरोना भ्याक्सिन आउने कुरालाई खुशी भइरहेको थिएँ । कोरोनाले मलाई नै आक्रमण गर्यो । म अहिले ठिक हुने अवस्थामा पुगिसकेको छु’, उनले लेखेका छन् ।

उनले आफूलाई क्वारेन्टाइनमा राख्दै चिकित्सकको सल्लाह अनुसार उपचार गरिरहेको उल्लेख गरेका छन् ।

कामको कुरा गर्दा सिद्धान्त चाँडै नै अभिनेत्री दीपिका पादुकोणका साथ एक फिल्ममा देखिँदैछन् । यसबाहेक उनी ‘बन्टी और बबली २’ तथा ‘फोन भूत’मा पनि व्यस्त छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी