राजदूत पराजुली र ओमानका आवास तथा शहरी विकास मन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

राजदूत पराजुली र ओमानका आवास तथा शहरी विकास मन्त्रीबीच भेटवार्ता


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकाल र ओमानका आवास तथा शहरी विकास मन्त्री डा. खल्फान विन सइद विन मुबारक अल सुएइली बीच भेटवार्ता भएको छ ।

उक्त भेटघाटमा राजदूत ढकालले नव नियुक्त मन्त्रीलाई सफल कार्यकालको शुभकामना दिदै नेपालले खाडी क्षेत्रमै पहिलो नेपाली दूतावासले ओमानमा बनाउन लागेको नमुना भवन बारे जानकारी गराइन् ।

नेपाल तथा नेपाली दूतावाससँग सहकार्य गर्न शहरी विकास मन्त्रालय सदैव तयार रहेको मन्त्री डा. खल्फानले बताएको राजदूत ढकालले जानकारी दिइन् । उनीहरुबीच आवास तथा शहरी विकासका क्षेत्रमा दुई देशका साझा अभ्यासहरू, चुनौतीहरू तथा सम्भावनाहरू लगायत विवध विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो।

गत वर्ष नै नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भैसकेको छ ।

उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४ हजार १०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने सम्झौतामा उल्लेख गरिएको छ ।

दूतावासको भवन सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढेको छ ।

त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दीर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ०३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र