व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार « Khabarhub

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् । तर, अरब नेतृत्वका राजनीतिक दलको समर्थनमा आधारित सरकार भने स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेतान्याहुले राम र जोइन्ट लिस्टको समर्थनमा बन्ने सरकार इजरायली जनताले नचाहेको दाबी गरेका छन् । आफ्नो पार्टी लिकुड सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्दै उनले आगामी सरकारको नेतृत्व गर्ने जनादेश आफूले पाएको बताएका छन् ।

यसैबीच, वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरूबीच छलफल तीव्र बनेको छ । इजरायल बेतेनुका नेता अभिग्डोर लिबरम्यानले नेतान्याहु नेतृत्वको गठबन्धनमा सहभागी नहुने घोषणा गरेका छन् । उनले याशर पार्टीका नेता गदी आइसेनकोटलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रपति आइज्याक हर्जोगसमक्ष सिफारिस गर्ने बताएका छन् । साथै, नेसेटको सभामुखमा यायर लापिडलाई समर्थन गर्ने उनको भनाइ छ ।

लिबरम्यानले आइसेनकोटको चुनावी अभियानको आलोचना गर्दै विपक्षी समूहले अपेक्षाभन्दा कम ४८ सिट प्राप्त गरेको बताएका छन् । यद्यपि, उनले नेतान्याहुसँगको एकता सरकारमा कुनै पनि अवस्थामा सहभागी नहुने अडान दोहोर्‍याएका छन् । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको ‘बी याचड’ समूहले भने आइसेनकोटको नेतृत्वमा सरकार गठन गर्ने प्रयासलाई समर्थन गरेको छ ।

एक सय २० सदस्यीय इजरायली संसद् नेसेटमा विपक्षी समूहले ६७ र वर्तमान सत्तारूढ गठबन्धनले ५३ सिट जितेका छन् । तर, अरब नेतृत्वका दलको समर्थनबिना विपक्षी गठबन्धनलाई सरकार गठन गर्न कठिन देखिएको छ ।

यसैबीच, राष्ट्रपति हर्जोगले अर्को निर्वाचनको अवस्था आउन नदिन राजनीतिक दलहरूलाई लचकता अपनाउँदै सहमति खोज्न आग्रह गरेका छन् । उनले नोभेम्बर ४ मा निर्वाचनको आधिकारिक परिणाम प्राप्त गरेपछि दलका प्रतिनिधिसँग परामर्श गर्ने कार्यक्रम छ । नवनिर्वाचित नेसेट सदस्यहरूले नोभेम्बर १० मा शपथ लिनेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  २ : ०८ बजे

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित,

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर