ओलीले नै पार्टीमा गुटबन्दी शुरू गरे – झलनाथ खनाल « Khabarhub

ओलीले नै पार्टीमा गुटबन्दी शुरू गरे – झलनाथ खनाल


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी शुरू गरेको आरोप लगाएका छन् ।

आजदेखि ललितपुरको सानेपामा शुरू भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खनालले अध्यक्षले नै गुटबन्दी शुरू गरेको बताए ।

खनालले भने, ‘पार्टीसँग सल्लाहबिना उहाँ अघि बढ्नु भयो। निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न सकेन । निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न पनि सक्नु भएन। पार्टीका विचार र भावनालाई लागु गर्न सक्नु भएन।’

नेता खनालले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि आरोप लगाए। उनले भने, ‘ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कुरा अगाडि सारे । तीन चार सयभन्दा मानिसहरु विभिन्न तहमा नियुक्त भए। पार्टीले भनेका र योग्य मानिसहरु क्षमतावान मानिसहरु नियुक्ति गरिएन। आफ्ना धुपौरेहरुलाई नियुक्ति गरे। जनताले समेत केपी ओलीलाई दुत्कारे।’

उनले एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया पूरा नहुनुदेखि पार्टी विभाजनसँगै भ्रष्टाचार बढ्नु, मुलुकमा कृषि क्रान्ति नहुनु र कम्युनिस्ट आन्दोलनले अझ उचाइ ग्रहण नगर्नुको कारक ओली भएको खनालको आरोप छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ५१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले