बाइक चोरी आरोपमा भोजपुरी अभिनेता पक्राउ | Khabarhub Khabarhub

बाइक चोरी आरोपमा भोजपुरी अभिनेता पक्राउ


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्ममा अभिनय गरिसकेका एक अभिनेतालाई दक्षिण पूर्वी दिल्लीको एन्टी अटो थेफ्ट स्क्वाड टिमले पक्राउ गरेको छ ।

यी अभिनेता फेक करेन्सी रेकेडका मास्टरमाइण्ड रहेको र दिल्ली प्रहरीले उनीबाट ५० लाख फेक करेन्सी र चोरीका दुई बाइक बराम गरेको छ ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आरोपी अभिनेता मोहम्मद शाहिदउर्फ राज सिंहउर्फ ललन र सैयद जैन हुसेनलाई प्रहरीले पक्राउ गरेको हो । शाहिदले भोजपुरी फिल्म ‘इलाहाबाद से इस्लामाबाद’मा काम गरिसकेका छन् ।

एन्टी अटो थेफ्ट स्क्वाडका इन्स्पेक्टर कैलाश विष्टले यो अन्रराज्य अटो लिफ्टर ग्याङको पर्दाफास गरेको हो । पक्राउ परेका शाहिदले कैयौं भोजपुरी गीतमा अभिनय गरिसकेका छन् ।

समाचारअनुसार पछिल्लो केही दिनमा दक्षिण पूर्वी जिल्लामा कैयौं गाडी चोरीका घटनाबारे प्रहरीमा निवेदन परेको थियो । त्यसपछि प्रहरीले यो विषयमा अनुसन्धान गर्न एक टिम बनाएको थियो ।

उजुरी बढेपछि प्रहरीले जमानतमा छुटेका केही अपराधीको सूची तयार पारेको थियो । त्यही सूची अनुसार प्रहरीले गरेको अपरेसनमा अभिनेता शाहिदसहित उनका साथी पक्राउ परेका हुन् ।

प्रहरीले शाहिदलाई पक्राउ गरेपछि उनले हरि नगर आश्रममा एक फिल्म स्टुडियो चलाउने गरेको खुलेको छ । उनले स्टुडियोको नाम साहिल सैनी फिल्म प्रोडक्स हाउस राखेका थिए ।

प्रहरीका अनुसार लडकाउनपछि शाहिदलाई निकै आर्थिक घाटा भएको थियो । आर्थिक घाटा भएपछि शाहिद अटो लिफ्टर सैयद जैन हुसेनको सम्पर्कमा आए ।

त्यसपछि उनी फर्जी नोटको गिरोहको सम्पर्कमा आए । यसपछि उनी बाइक चोर्ने अभियानमा लागे । अभिनेता शाहिद पाँच कक्षासम्म मात्र पढेका छन् । उनी जामियानगरको बाटला हाउसमा बस्छन् ।

प्रहरीका अनुसार उनलाई यसअघि नै ८ मुद्दा लागिसकेको छ । जसमा जालसाजी, स्नेचिङ र हातहतियारसम्बन्धी मुद्धा छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : १० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश