काठमाडौँमा लागुऔषध भित्रिने क्रम थप बढ्दै | Khabarhub Khabarhub

काठमाडौँमा लागुऔषध भित्रिने क्रम थप बढ्दै


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताउँछन् ।

उनका अनुसार अन्य आपराधिक गतिविधि चोरीठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको जानकारी दिए । प्रहरीले लागुऔषध कारोवारी सक्रिय भएको आशङ्कामा नाका र सम्भावित जोखिम क्षेत्र पहिचान गरी सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ ।

प्रहरीले काठमाडौँको नाका नागढुङ्गाबाट ठूलो परिमाणमा लागुऔषधसहित १३ वर्षका बालकलाई पक्राउ गरेको थियो । फागुन अन्तिम साता रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नंको बसमा सवार उनको झोलाबाट एक हजार ९०० एम्पुल लागुऔषध भेटिएको थियो । उनको झोलामा डाइजेपान ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको थियो । यसरी लागुऔषध उनले आफैँले ल्याएको नभई उनलाई कसैले प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ । यद्यपि उनको विषयमा प्रहरीले अनुसन्धान जारी रोखेको छ ।

यही चैत २ गते काठमाडौँ महानगरपालिका-४ स्युचाटारबाट सोलुखुम्बु आङ्गु शेर्पा पनि दुई हजार ३७५ एम्पुल लागुऔषधसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनलाई फेला पारी कोठा खानतलासी गर्दा उनका साथबाट डाइजेपाम ८११ एम्पुल, फेनारगन ७८४ एम्पुल, नुरफिन ६०० एम्पुल १७९, लुपुजेपाम १७९ एम्पुल र नाइटेजेपाम एक हजार २०० एम्पुल बरामद गरेको छ ।

यही चैत ३ गते पनि भारत मोतिहारीका सुवासकुमार यादव र पम्पु यादवबाट प्रहरीले एक हजार ४९० एम्पुल लागुऔषध बरामद गरेको छ । उनीहरू पनि अनुसन्धानको दायरमा छन् । पछिल्लो समयमा ठूलो परिमाणको लागुऔषधसहित मानिस पक्राउ परिरहेका छन् ।

यी त प्रतिनिधि घटना मात्र हुन् । उक्त घटनाले काठमाडौँको उपत्यकामा लागुऔषध भित्रिने मात्रा बढेको देखिएको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर प्रहरीले सक्रियता देखाएकाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेको बताउँछन् । यसअघि कोभिडका कारण प्रहरीले पनि सक्रियतापूर्वक काम गर्न नसकिरहेका बेला कोभिड सङ्क्रमण नियन्त्रणतर्फ गएकाले प्रहरीले अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा केन्द्रित हुन थालेको छ । रासस

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  २ : ५३ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि