जङ्गली हात्तीको आक्रमणबाट मृत्यु « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् ।

उनी आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो । मेची अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए । उनको सामान्यावस्था रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरु दुवै ट्याक्टर मजदूर हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ४७ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर