हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौँ : अध्यक्ष गोल्छा « Khabarhub

हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौँ : अध्यक्ष गोल्छा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५४ औँ स्थापना दिवसका अवसरमा आज उहाँले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने बताए ।

उनले भने, “विदेशी मुलुकले उद्योग तथा व्यापारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै तरङ्गिँदै जानुमा निजी क्षेत्रले सकारात्मक सोचका साथ आफ्नो कामलाई अघि बढ्नुलाई लिइन्छ ।”

मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उनले औल्याए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण व्यवसायमा घाटाको सामना गर्न बाध्य महानगरवासी उद्योगी तथा व्यापारीको हितमा आफूहरुले केही कर छुट गरेको बताए ।

उनले भने, “अब आउँदा दिनमा हामी संघसँग मिलेर छिट्टै रात्रिकालिन बजार शुरु गर्नाका साथै प्रत्येक शनिबार मच्छिन्द्रनाथ जात्राको नरिवल खसाल्ने ठाउँ लगनखेलमा हरेक किसिमको बजार राख्न दिने योजना बनाइरहेका छौँ ।”

संघका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले व्यवसायीले तिर्नुपर्ने दण्ड तथा जरिवानालाई संघले संशोधन गर्न जरुरी भएको गुनासो गरे ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले जिल्लाको व्यावसायिक वातावरण उच्च बिन्दुमा राख्ने काम गर्दै जाने मत व्यक्त गरे । उनले भने, “हामीले यहाँको उद्योग अनि व्यापार क्षेत्रलाई बढवा दिन म्यानमार, थाइल्याण्ड, चीनलगायतका केही विदेशी मुलुकसँग भगिनी सम्बन्ध राख्दै आइरहेका छौँ ।”

संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा उत्पादन हुने सबै वस्तुको गुणस्तरमा ध्यान दिइने भनाइ राख्नुभयो । संघको स्थापना विसं २०२३ साल चैत ४ गते भएको थियो ।

कार्यक्रममा आफ्नो स्थापना कालदेखिनै संघले जिल्लाका उद्योगी एवं व्यवसायीको हकहित तथा व्यवसाय प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आइरहेको बताइयो ।

यसैगरी संघले आफूसँग २५ वर्षअघिदेखि अविरलरुपमा सदस्य रहेका ३६ उद्योगी तथा व्यापारीलाई सम्मान गर्नाका साथै चित्रकलामा पारङ्गत अर्का एक व्यक्ति वत्य गोपाल वैद्यलाई श्रष्टा सम्मानपत्रसमेत प्रदान गर्‍यो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ०९ बजे

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक