हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौँ : अध्यक्ष गोल्छा « Khabarhub

हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौँ : अध्यक्ष गोल्छा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५४ औँ स्थापना दिवसका अवसरमा आज उहाँले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने बताए ।

उनले भने, “विदेशी मुलुकले उद्योग तथा व्यापारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै तरङ्गिँदै जानुमा निजी क्षेत्रले सकारात्मक सोचका साथ आफ्नो कामलाई अघि बढ्नुलाई लिइन्छ ।”

मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उनले औल्याए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण व्यवसायमा घाटाको सामना गर्न बाध्य महानगरवासी उद्योगी तथा व्यापारीको हितमा आफूहरुले केही कर छुट गरेको बताए ।

उनले भने, “अब आउँदा दिनमा हामी संघसँग मिलेर छिट्टै रात्रिकालिन बजार शुरु गर्नाका साथै प्रत्येक शनिबार मच्छिन्द्रनाथ जात्राको नरिवल खसाल्ने ठाउँ लगनखेलमा हरेक किसिमको बजार राख्न दिने योजना बनाइरहेका छौँ ।”

संघका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले व्यवसायीले तिर्नुपर्ने दण्ड तथा जरिवानालाई संघले संशोधन गर्न जरुरी भएको गुनासो गरे ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले जिल्लाको व्यावसायिक वातावरण उच्च बिन्दुमा राख्ने काम गर्दै जाने मत व्यक्त गरे । उनले भने, “हामीले यहाँको उद्योग अनि व्यापार क्षेत्रलाई बढवा दिन म्यानमार, थाइल्याण्ड, चीनलगायतका केही विदेशी मुलुकसँग भगिनी सम्बन्ध राख्दै आइरहेका छौँ ।”

संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा उत्पादन हुने सबै वस्तुको गुणस्तरमा ध्यान दिइने भनाइ राख्नुभयो । संघको स्थापना विसं २०२३ साल चैत ४ गते भएको थियो ।

कार्यक्रममा आफ्नो स्थापना कालदेखिनै संघले जिल्लाका उद्योगी एवं व्यवसायीको हकहित तथा व्यवसाय प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आइरहेको बताइयो ।

यसैगरी संघले आफूसँग २५ वर्षअघिदेखि अविरलरुपमा सदस्य रहेका ३६ उद्योगी तथा व्यापारीलाई सम्मान गर्नाका साथै चित्रकलामा पारङ्गत अर्का एक व्यक्ति वत्य गोपाल वैद्यलाई श्रष्टा सम्मानपत्रसमेत प्रदान गर्‍यो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ०९ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज