विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु « Khabarhub

विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर ११ करोड ९३ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ६ लाख १७ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या ११ करोड ९३ लाख ९३ हजार ८७१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८४.९७ प्रतिशत हो ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३० लाख ११ हजार ४८१ पुगेको छ  । पछिल्लो २४ घण्टामा १२ हजार ४९४ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७९ हजार ९४२ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ३ लाख ६९ हजार २४ जना, भारतमा १ लाख ७५ हजार ६७३ जना, रूसमा १ लाख ४ हजार ७९५ जना, बेलायतमा १ लाख २७ हजार २२५ जना, फ्रान्समा १ लाख ४०४ जना, इटालीमा १लाख १६ हजार ३६६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ लाख २८ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १४ करोड ५ लाख ३ हजार २८२ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८० लाख ९७ हजार ९३० छ । यसमध्ये १ लाख ७ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : २५ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले