कोरोना संक्रमणबाट कुवेतमा दुई नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कुवेतमा दुई नेपालीको मृत्यु



दोहा- कोरोना संक्रमणबाट कुवेतमा एकै दिन दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी छन् ।

उनीहरु दुवै जनाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिएका छन् ।

पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको अनुमान गरिएको छ । यस्तै, कोरोनाको महामारी तीव्र रुपले फैलिएसंगै एनआरएनए कुवेतले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन आग्राह गरेको छ ।

संघले एक विज्ञप्ति मार्फत कोरोनाका करण  दुई नेपालीले ज्यान गुमाएकोमा दुख ब्यक्त गर्दै सबैलाइ आ-आफ्नो ठाउँमा सुरक्षित रहन भनेको छ ।

कुवेत सरकारले कोरोना नियन्त्रणका लागि तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै सार्वजनिक स्थलमा हिँडडुल नगर्न र गर्नै पर्ने भए अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न गरी सुरक्षित रहन संघले आग्रह गरेको छ ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ४७२ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ३७ हजार ६६७ पुगेको छ भने अहिलेसम्म १ हजार ४३६ जनाको मृत्यु भैसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ०१ बजे

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय