वसन्त ऋतुमा हिमाल चढ्न ६२६ जनाले लिए अनुमति « Khabarhub

वसन्त ऋतुमा हिमाल चढ्न ६२६ जनाले लिए अनुमति


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेहरुबाट ४५ करोड रुपैयाँ भन्दा बढी राजस्व संलकन पर्यटन विभागले जनाएको छ ।

१६ वटा हिमाल आरोहणका लागि ७१ वटा टीमका १४५ महिला र ४९३ जना पुरुषले ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजस्व बुझाएका हुन् ।

हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् ।

सगरमाथा, अन्नपूर्ण, धौलागिरि र लोत्सेसहित विभिन्न १६ वटा हिमाल आरोहणका लागि हालसम्म अनुमति लिनेको संख्या ६२६ पुगेको छ । पर्यटन विभागका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ३३८ जनाले अनुमति लिएका छन् ।

३६ वटा टोलीका २६६ जना पुरुष र ८४ जना महिलाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । त्यसैगरी लोत्से हिमाल आरोहणका लागि हालसम्म १०४ जनाले अनुमति लिएका छन् ।

अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमाल आरोहणका लागि ३० जना, आम दब्लम हिमालका लागि २७ जना, नुप्से हिमालका लागि २३ जना र मकालु हिमालका लागि २० जनाले अनुमति लिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ०५ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय