‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’मा सात नेपाली फिल्म « Khabarhub

‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’मा सात नेपाली फिल्म


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही वैशाख १० गतेदेखि वैशाख १२ गतेसम्म काठमाडौंमा आयोजना हुने नवौं संस्करणको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०२१(नाफ)’मा नेपालका सात वटा फिल्म प्रदर्शन हुने भएका छन् ।

जमलस्थित राष्ट्रिय नाँचघरमा हुने फेस्टिभल कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनले आयोजना गर्न लागेको हो ।

फेस्टिभल निर्देशक डब्बु क्षेत्रीले सात फिल्ममध्ये एक वृत्तचित्र र बाँकी सर्ट फिल्म रहेको बताए । फेस्टिभलमा नेपालको तर्फबाट निर्देशक गणेश पाण्डेको ‘को हज्बेन्ड’, हिमाल उप्रेतीको ‘आमा’, माधवराज खरेलको ‘दुर्गामान्डु’, गणेशजंग रावलको ‘सम्साया’, सजल लोप्चनको ‘गाइड’, पुरुषोत्तम बस्नेतको ‘सुरक्षा’, निपिल शर्माको ‘द फाइनल फेयर वेल’ र युनिषराज उप्रेतीको ‘बाटोमा’ प्रदर्शन हुनेछन् ।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले फेस्टिभलमा नेपाल र अफ्रिकाको फिल्म एवं संस्कृतिको बारेमा एक दिने बहस हुने बताइन् । उनका अनुसार गत डिसेम्बरमा हुनुपर्ने फेस्टिभल कोभिड १९ का कारण वैशाखमा आयोजना गर्न लागिएको हो ।

फेस्टिभलमा नेपाल र अफ्रिकाका गरी १८ वटा लामाछोटा फिल्म देखाइनेछन् । फेस्टिभलमा जिम्बावेबाट ‘गुड म्यान’, ‘थन्डिज डायरी’, इजिप्टबाट ‘बबल्स’, ‘ड्राई हट समर’, ‘एक्जिट’ र ‘द स्पारो किड्स’, निमिभिया र ब्राजिलबाट ‘बडी गेम्स’, स्विट्जरल्यान्ड र रुवान्डाबाट ‘इम्फुरा’, तान्जानिया र चीनबाट ‘तजारा’ र सेनेगलबाट ‘गोल्डेन फिस’ छानिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : ५० बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले