तालाबन्दी नखुल्दा सेवाग्राही मारमा « Khabarhub

तालाबन्दी नखुल्दा सेवाग्राही मारमा


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् ।

लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् । तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन् ।

नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गत चैत ३१ गते नगरपालिकामा तालाबन्दी गरेका थिए ।

नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकविनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताएका छन् ।

कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिकरुपमा ११ सूत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए ।

चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतका भुक्तानी गर्न नसकेकाले आफूहरुलाई स्थानीयले पटकपटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरुलाई वडा कार्यालय सञ्चालन गर्नसमेत कठिनाइ भइरहकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका– १ का अध्यक्ष जयराम कामतीले बताए ।

कार्यवाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिइ विभिन्न योजना कमिसनको खेलमा नजिकका आफन्तलाई जिम्मा दिइ आफूखुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले आरोप लगाए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै