‘शिवाजी द बोस’ अभिनेता विवेकको निधन « Khabarhub

‘शिवाजी द बोस’ अभिनेता विवेकको निधन


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तमिल फिल्मका प्रख्यात अभिनेता विवेकको शनिबार बिहान ५९ वर्षको उमेरमा निधन भएको छ । हृदयघात भएपछि उनलाई शुक्रबार चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उनले शनिबार विहान ४ बजेर ३५ मिनेटमा अन्तिम श्वास फेरेका थिए । उनको निधन पछि तमिल फिल्म उद्योगमा शोक छाएको छ ।

उनमा टाउको दुख्ने समस्या भएपछि दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । परिवारका अनुसार टाउको दुखेपछि उनी घरमै बेहोस भएका थिए । डाक्टरले हृदयघातका कारण उनको लेफ्ट कोरोनरी ब्लड भेसल सत प्रतिशत बन्द भएको उल्लेख गरसेका छन् ।

उनले शुक्रबारमात्र कोभिड भ्याक्सिन लगाएका थिए । भ्याक्सिनका कारण उनको निधन भएको हल्ला चले पनि डाक्टरले उनको स्वास्थ्य बिग्रनुमा भ्याक्सिन कारक नरहेको प्रष्ट पारेका छन् ।

विवेक फिल्ममा विशेषत कमेडी चरित्रका लागि चिनिन्थे । उनले २ सय बढी फिल्ममा काम गरिसकेका छन् । उनले रजनीकान्त, कमल हासन, अजित, विजय, माधवन, विक्रम, धनुष जस्ता सुपरस्टारसँग स्क्रिन शेयर गरिसकेका छन् ।

माधवनको फिल्म ‘रन’ उनका लागि सबैभन्दा ठूलो ब्रेक साबित भएको थियो । सन् २००७ मा रिलिज रजनीकान्तको फिल्म ‘शिवाजी द बोस’ मा विवेकले दमदार अभिनय गरेका थिए । उनले सन् २००९ मा पद्मश्री अवार्ड पाएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : २० बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र