सोनू सूदलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

सोनू सूदलाई कोरोना संक्रमण


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सोनू सूदलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले आफूलाई क्वारेन्टाइनमा राखेका छन् । ‘कोरोना भाइरस मोड र स्पिरिट सुपर पोजेटिभ छ । नमस्कार साथीहरु, म तपाईंहरुलाई सूचित गर्न चाहन्छु कि कोभिड–१९को टेस्ट पोजेटिभ आएको छ । त्यहीकारण मैले आफूलाई क्वारेन्टाइन गरेको छु । चिन्ताको विषय छैन । अब मलाई पहिलाको भन्दा बढी समय मिल्नेछ । एउटा कुरा नबिर्सनुहोला, समस्या पर्दा म जहिल्यै तपाईंको साथमा हुनेछु’, उनले लेखेका छन् ।

सोनू बलिउडको रुचाइएका अभिनेतामा पर्छन् । कोरोना महामारीका समयमा उनले कैयौं मानिसलाई सहयोग गरेका थिए । केही समय अघि मात्र कोभिड भ्याक्सिन लगाउनका लागि उनी पञ्जाब पुगेका थिए । उनले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई लगाउन आव्हान गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ५३ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार