बालिकालाई यौन धन्दामा लगाएको अभियोगमा कोटेश्वरबाट होटल सञ्चालक पक्राउ | Khabarhub Khabarhub

बालिकालाई यौन धन्दामा लगाएको अभियोगमा कोटेश्वरबाट होटल सञ्चालक पक्राउ


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौँको कोटेश्वरबाट एक होटल सञ्चालकलाई पक्राउ परेका छन् ।

प्रहरीको मानव बेजविखन अनुसन्धान ब्यूरोको टोलीले बालिकालाई वेश्यावृत्तिमा लगाएको भन्दै कोटेश्वरस्थित एक होटल सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेका छन् ।

ब्यूरोका प्रवक्ता अनुराज द्विवेदीका अनुसार होटल सञ्चालका माथि बाललिकालाई शुरूमा वेटर भनेर राखिएपनि पछि वेश्यावृत्तिमा लगाएको आरोप छ ।

शुरूमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबरजस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यो विषयमा अहिले अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : २२ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम